पूर्व मिस अमेरिका चेस्लीले भवनबाट हामफालेर आत्महत्या गरेको खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७८, मंगलवार ०६:३४

एजेन्सी । पूर्व मिस अमेरिका चेस्ली क्रिस्टको आइतबार विहान भएको मृत्युको कारण खुलेको छ । उनले न्यूयोर्कको मानहट्टनस्थित अग्लो भवनबाट हामफालेर आत्महत्या गरेको खुलेको हो ।

सन् २०१९ मा मिस अमेरिका भएकी उनले भवनबाट हामफालेको न्यूयोर्कसिटी प्रहरी विभागले जनाएको सीएनएनले उल्लेख गरेको छ ।

मृत्यु हुनु अघि चेस्लीले इन्सटाग्राममा मिस अमेरिका यूएसए जितेको तस्बिर राखेकी थिइन् । उनले आत्महत्या गर्न लागेको संकेत गर्दै फोटोसँगै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।

क्रिस्टले दुईवटा विश्वविद्यालयबाट तीनवटा डिग्री प्राप्त गरेकी थिइन् । अमेरिकाको न्याय प्रणालीमा सुधारका लागि काम गर्दै आएकी थिइन् । कानूनकी जानकार समेत रहेकी उनले जेलका कैदी बन्दीका लागि समेत काम गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०