युवा नेता देवकोटा राप्रपाको सह-महामन्त्रीमा मनोनित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७८, मंगलवार ०६:२२

बाँके। राप्रपाका युवा नेता ऋषिराज देवकोटा सह–महामन्त्रीमा मनोनित भएका छन् । राप्रपाको आइतवार बसेको केन्द्रिय समितिको बैठकले उनलाई सह–महामन्त्रीमा मनोनित गरेको हो ।

यसअघि भएको महाधिवेशनमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपा नेता डा. धवलशमशेर राणा महामन्त्रीमा निर्वाचित भएका थिए ।

सह–महामन्त्रीमा मनोनित भएपछि देवकोटाले पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो कर्तव्य सम्झेर राप्रपालाई एउटा बलियो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए। उनी राप्रपाको भातृ संगठन युवक संगठनका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१