भीम रावलको प्रश्नः देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७८, सोमबार ०६:१५

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपालको प्रधानमन्त्री कि विदेशीको भनी जनतालाई जवाफ दिनुपर्ने बताएका छन् । उनले एमसीसी पारित गर्न देउवाले दबाब दिएर गठबन्धन सरकार नै भंग गरिदिने धम्की दिएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

आज ट्वीट गर्दै रावलले एमसीसी चाहिन्न भनेर नेपाली जनमत रहेको दाबी गर्दै देउवाले त्यसलाई बेवास्ता गरेर विदेशी दबाब सामु घुँडा टेकेको आरोप लगाए । उनले लेखेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई बेवास्ता गर्ने तर विदेशी दबाब सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?’

रावल एमसीसीको विपक्षमा उभिदै आएका छन् । उनले ट्वीटरमा लेखेका छन्ः प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे!! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको? जनतालाई जवाफ दिनुहोस् ।

प्रतिक्रिया