स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा नेपालको जनसंख्या ३ करोड बढी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७८, आईतवार ०६:०३

काठमाडौं। केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० सार्वजनिक गरेको थियो। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बुलेटिनमा नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ उल्लेख छ।

तथ्याङ्क विभाग र स्वास्थ्य मन्त्रालयको तथ्याङकमा जनसंख्याको अद्यावधिक विवरण नमिलेको देखिएको छ। यस विषयमा स्वास्थ्यका अधिकारीहरु अनविज्ञ प्रकट गरिरहेका छन्।

यसअघि २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ करोड ४० लाख १५ हजार तीन सय २४ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन्।

प्रतिक्रिया