जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने बुढानिलकण्ठका कार्की पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७८, आईतवार ०५:५७

काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका विष्णुबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। बाजुरा घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका ४४ वर्षीय कार्कीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा कैद र जरिवाना दुवै सजाय सुनाएको छ। प्रहरीका अनुसार अदालतले गत २०७७ माघ ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र रु २७ लाख जरिवाना, जिल्ला अदालत काठमाडौंले २०६० पुस १० गतेको फैसलाले वैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र दुई लाख पचास हजार जरिवाना, बैकिङ् कसुर मुद्दामा १ वर्ष कैद सजाय र एक लाख उन्नसाठी हजार जरिवाना र बैंकिङ कसुर मुद्दामा १ वर्ष कैद सजाय र रु ३०,००० जरिवाना सुनाएको छ। कार्कीले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट बनाइदिन्छुलगायतका बहानामा ठगीसमेत गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया