अमेरिकाले खतरा देखेको समुन्द्रभित्रको रुसी ग्याँस पाइपलाइन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०७८, शुक्रबार ०५:४२

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेमा समुन्द्रभित्र उसको ग्याँसपाइपलाइन भाँचिदिने भन्दै अमेरिकाले चेतावनी दिएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले बाल्टिक समुन्द्रमुनी रहेको नोर्ड स्ट्रिम-२ भनिने ग्याँसपाइपलाइन भाँचिदिने चेतावनी दिएका हुन् ।

रुसले युक्रेनमाथि हमला गरेका रुसबाट जर्मनीमा ग्याँस लान बिछ्याइएको पाइपलाइन अगाडि बढ्न नदिने अमेरिकाको चेतावनीले युद्धको खतरालाई अझ बढावा दिएको छ । उक्त ग्याँस पाइपलाइनमार्फत् रुसले यूरोपमा प्रभाव बढाउन खोजेको भन्दै अमेरिकालगायत उसका मित्रशक्तिले आपत्ती जनाउँदै आएका छन् ।

पाइपलाइनबाट ग्याँस सुचारु भए जर्मनीले सस्तो मूल्यमा ग्याँस प्राप्त गर्नेछ । रुसले अरबौं डलर वर्षेनी आम्दानी बढाउनेछ । यसले अन्य यूरोपेली मुलुकहरु पनि रुससँग नजिकिने खतरा अमेरिकाले देखेको छ ।

नोर्ड स्ट्रिम-२
रुसले पुनः शक्ति आर्जन गर्दै नोर्ड स्ट्रिम भनिने ग्याँस पाइपलाइनमार्फत् यूरोपमा प्रभाव बढाउन खोजेको विषय उठाइएको छ । यो पाइपलाइनबाट अमेरिका र उसको मित्रशक्तिले खतरा देखेका छन् । यसलाई रोक्न अमेरिका निर्माण नहुँदै लागेको थियो तर रोकिएन । जर्मनीको पनि चाहना देखिएबाट बन्यो । तर, अझै सुचारु भएको छैन । अमेरिका यसलाई रोक्न खोजिरहेको छ ।

विशेषगरी समुन्द्री मार्गबाट जर्मनीसँग ग्याँस पाइपलाइन निर्माण गरेपछि रुस प्रभावशाली बन्यो । झन् सञ्चालनमा आएपछि प्रभाव बढाउने अमेरिकाको बुझाई छ । बाल्टिक समुन्द्रमुनीको १२३० किलोमिटर लामो उक्त पाइपलाइनले रुसलाई दोहोरो फाइदा पुग्ने देखिन्छ । उसले ग्याँस विक्री गरी प्रशस्त धनआर्जन गर्छन । अर्कोतर्फ, यूरोपमा गुमेको प्रभाव फर्काउन सक्छ । अर्कोतर्फ, अमेरिकालाई चुनौती बढ्छ । अमेरिकानिकट रहेको युक्रेनको अर्थतन्त्रमा असर पर्छ । अमेरिकाको मित्रशक्ति ऊबाट टाढिएर रुससँग नजिकिन पुग्ने अवस्था बन्न सक्छ ।

११ अर्ब डरल खर्चिएर निर्माण गरिएको पाइपलाइनबाट रुसको ग्याँस यूरोपमा सस्तो मूल्यमा पुग्दा युक्रेनले मात्र वार्षिक १ अर्ब २० करोड डलर वर्षेनी गुमाउने आँकलन गरिएको छ । यसकारण अमेरिकालगायत उसका मित्रशक्तिले रुसी पाइपलाइनलाई खतरा देखेका छन् ।

नोर्ड स्ट्रिम २ पाइपलाइनबाट पूरा ग्याँस आपूर्ति भएमा जर्मनीलाई अहिलेको भन्दा दोब्बर बढी ग्याँस पुग्नेछ । अर्कोतफ, रुसले २० प्रतिशतले मात्र यूरोपमा ग्याँस आपूर्ति बढाएमा ५० प्रतिशत मूल्य घटाउने भनेको छ । जर्मनी सस्तो मूल्यमा रुसको ग्याँस प्रयोग पाउने भएबाट उत्साही भएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१