हेटौडा । राष्ट्रियसभाको निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
गठबन्धनका साझा उम्मेदवार नेकपा एसकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्ण प्रसाद पौडेल विजयी भएका छन् ।
तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरे भने उनकी निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् ।
त्यसैगरी गठबन्धनका उम्मेदवार पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरे भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरिन् ।
प्रतिक्रिया