सृजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७८, बुधबार ०६:३३

मैले लेख्ने गीतहरुमा तिमी मिठो धुन देउ !!

म तिमीलाई आकाश दिन्छु तिमी मलाई जुन देउ ।।

मैले एउटा हात दिदा तिमी अर्को हात देउ !!

आकाश धर्ती रहुन्जेल कहिल्यै नछुट्ने साथ देउ ।।

मुटु भरी छल्कने तिमी मलाई प्रीत देउ !!

म तिमीलाई शब्द दिन्छु तिमी मलाई सुर देउ ।।

मैले कोर्ने सृजनाहरुमा तिमी जीवन स्वास देउ !!

म तिमीलाई चोखो प्रेम दिन्छु तिमी मलाई साथ देउ ।।

मनिषा विमली मैतिदेवी काठमाडौं

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१