पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्ने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७८, बुधबार ०६:२८

काठमाडौं । सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको पशुपति क्षेत्र विकासको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानविन गरेर आवश्यक कारवाही गर्ने र सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिनुभयो । सो क्रममा मन्त्री ओलले नियम बिपरित सरकारी सम्पतीमाथि हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने स्पष्ट पार्नुभयो । उहाँले गलत भएका कामको छानविन गरेरै छाड्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाँले लुम्विनी बिकास कोष अन्तर्गतको मास्टरप्लान अनुसार नै बिभिन्न ठाउमा गुम्वा लगाएत होटल बनाउने काम अघि बढेको जिकिर गर्नुभयो । आफुले लोकप्रीयताका लागि नभएर आफुले दायित्व मात्र निर्वाह गरेको उहाँको भनाई छ । यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गर्नुभएको थियो ।

त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदा समेत ठेक्का सम्झौता मै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१