थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइलनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७८, बुधबार ०६:२६

काठमाडौ । थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा  मङ्गलवार भएको खेलमा थ्री स्टार क्लबलाई एक–शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि खेलको ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैबीच प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ ।

आयोजक सहारा क्लब पोखराले भोलिदेखि हुने सेमिफाइनल खेलमा स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकलाई अनुमति दिइने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०