एमाले सांसद गुलेफुन खातुनमा सबैको चासो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७८, बुधबार ०६:२४

विराटनगर। राष्ट्रियसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ र राप्रपाले पनि आफ्ना २ उम्मेदवारलाई प्रतिस्पर्धाको मैदानमा उतारेको छ ।

माघ १२ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला सरकारी कागजात कीर्ते मुद्दामा दोषी देखिएकी एमालेकी सांसद गुलेफुन खातुन मतदान प्रक्रियामा सहभागी होलिन् कि नहोलिन् भन्ने बारे सबै जनतालाई चासो बढीरहेको छ ।
सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवानाको फैसला सुनाएपछि उनी फरार भएकी हुन ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
राप्रपाको प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी ४ जनाको मतभार १ सय २० रहेको छ।
स्थानीय तहका अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३ सय ६४ मतदाता रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१