पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७१, आईतवार ०७:२६

 magdiबाके ,१९ असोज ।  दर्जनौँ हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृष्यावलोकन गर्न सकिने विशेषता बोकेको म्याग्दीको घार गाविस–१ मा रहेको पुनहिलमा शरद ऋतुको आगमनसँगै विदेशी पर्यटकको चहलपहल बढेको छ । समुद्री सहतदेखि तीन हजार २१० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित पुनहिलबाट एकाबिहानै सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकन गर्न पर्यटकको सङ्ख्या केही दिनयता बढ्दै गएको हो । वर्षा कम भएर आकाश खुल्न थालेपछि पुनहिल पुग्ने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको इलाका प्रहरी कार्यालय घोरेपानीका प्रमुख प्रहरी सहायक निरीक्षक शिवराज पन्तले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्य मानिने पुनहिल भ्रमणका लागि आउने पर्यटकको तथ्याङ्क राख्दै आएको कार्यालयका अनुसार घोरेपानीमा हिजोआज दैनिक डेढ सयदेखि दुई सयजना पर्यटक भित्रिएका छन् । घोरेपानी, पुनहिल घुम्नका लागि अमेरिका, चीन, अस्टे«लिया, जर्मन, फ्रान्स र बेलायतका पर्यटक बढी भित्रिएका प्रसनी पन्तले बताउनुभयो । म्याग्दीको भुरुङ तातोपानी, कास्कीको घान्द्रुक देउराली र बिरेठाँटी उल्लेरी हुँदै घोरेपानी पुगेर बास बस्ने पर्यटक त्यहाँदेखि एक घण्टा पैदल उकालो हिँडेर पुनहिलमा दृष्यवलोकनका लागि एकाबिहानै पुग्ने गर्दछन् । पर्यटक आगमनसँगै २२ वटा सुविधासम्पन्न होटल रहेको घोरेपानीमा व्यापार व्यवसायसमेत बढेको छ । पहिले सुनसान रहेको घोरेपानीमा केही दिनयता पर्यटकको चहलपहल र व्यापार बढेको घोरेपानी होटल व्यवसायी सङ्घका सचिव टेकसर बुद्धुजा पुनले बताउनुभयो । देशका धेरै ठाउँमा दसैँको रौनकता भए पनि घोरेपानीका पर्यटन व्यवसायीहरूलाई भने पर्यटकको स्वागत सत्कार गर्ने चटारो छ । घोरेपानीका अधिकांश होटल एक हप्ताअघि नै बुकिङ हुन थालेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१