क्रिप्टो करेन्सी कारोबारमा सम्लग्न एकै घरका ३ जनाविरुद्ध मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७८, बुधबार ०६:२०

काठमााडौं । राजस्व अनुसन्धान विभागले एकैपरिवारका ३ जनासहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले क्रिप्टो करेन्सीको कारोबारमा सम्लग्न भएको आरोपमा ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, उनका बुवा नरबहादुर र दिनेशकै साथी अनिता धितालविरुद्ध मुद्दा दायर गरेको हो ।

काठमाडौं अदालतमा आज मुद्दा दायर भएका चारजना क्रिप्टो करेन्सीको कारोबारमा सम्लग्न थिए । दिनेशले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको विभागले दाबी गरेको छ ।

त्यस्तै, उनकी दिदी भगवतीको खाताबाट २० करोड ४२ लाख ९४ हजा रुपैयाँ बढी, उनका बावु नरबहादुरको बैंक खाताबाट ६४ लाख ११ हजार र दिनेशकी साथी अनिताको खाताबाट ५ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१