केएमसीका सञ्चालक सुनिल शर्मा अमेरिका पुगे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७८, बुधबार ०६:०७

काठमाडौं । काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । यता कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा शर्मा भने अमेरिका पुगेका छन् ।

उनी हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय कलेजले तोकिएको भन्दा महँगो शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।

यो बीचमा सरकारले पनि कलेज सञ्चालकसँग छलफल गरिसकेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले त गृहमन्त्री बालकृष्ण खाँणलाई कलेजलाई कारबाहीको लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१