क्रिप्टोकरेन्सी र नेटवर्क माकेर्टिङको कारोबार गर्नेलाई कारबाही हुन्छ: राष्ट्र बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७८, सोमबार ०५:५५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न पुनः सचेत गराएको छ ।राष्ट्र बैंकले आज (आइतबार) सूचना प्रकाशित गर्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानुनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कारबाही हुने चेतावनी दिएको हो ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबार भइरहेको भन्दै राष्ट्र बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको छ ।यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१