”मिर्गौला रोगका विरामीलाई प्रोटिनयुक्त सन्तुलित खाना आवश्यक ”

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७१, आईतवार ०६:४९

 

काठमाडौं, १९ असोज । मिर्गौला रोगका विरामीलाई हरेक समय प्रोटिनयुक्त सन्तुलित खाना आवश्यक पर्ने एक अध्ययनले देखाएको छ ।चिकित्सकको टोलीले एक महिना लगाएर काठमाण्डुमा गरेको अध्ययनले अन्य किसिमका विरामीलाई भन्दा मिर्गौलाको डायलासिस गर्नुपर्ने विरामीलाई प्रोटिनयुक्त सन्तुलित खाना नभई नहुने पुष्टि भएको हो ।! अध्ययनले मिर्गौलाका विरामीलाई बैकल्पिक खाद्य पदार्थबाट प्रोटिनयुक्त सन्तुलित खाना उपलब्ध गराउन आवश्यक रहेको देखाएको छ ।! गहुँबाट बनाएको प्रोटिनयुक्त सन्तुलित खानाले मिर्गौलाका बिरामीको प्रोटिनको मात्रा बढाएको पाईएको राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रका कार्यकारी निर्देशक डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो ।! यसअघि मिर्गौलाका विरामीले मासु, गेडागुडी जस्ता उच्च प्रोटिनयुक्त खाद्य पदार्थ सेवन गर्न हुदैन भन्ने धारणा थियो ।!

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, पुस १०, २०८१