आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ माघ २०७८, बिहीबार ०६:१६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले बुधबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छैन । हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ ।

पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको जानकारी दिएको छ ।

आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगमको दावी छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा ६ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ ।

निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१