अपेन काठमाडौं माहानगरपालिका द्वारा ६०० बालबालिका तथा वृद्ध -वृद्धालाइ न्यानो कपडा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७८, बुधबार ०७:०४

काठमाडौं ।  अपेन काठमाडौं माहानगरपालिकाको आयोजनामा विभिन्न संघसस्थाको पहलमा  दोलखा ,मकवानपुर र मुसहर बस्ती सहित ६०० जना  बालबालिका तथा वृद्ध -वृद्धालाइ न्यानो कपडा, बिध्यार्थीको लागि स्टेशनरी सामग्री साथै खाद्यान्न वितरण गरिएको छ ।

दोलखा स्थित कालिन्चोक गाउँपालिका  थामी समुदायमा रहेको करिब २०० जना बालबालिका तथा वृद्ध -वृद्धालाइ न्यानो  कपडा बिध्यार्थीको लागि स्टेशनरी सामग्री साथै खाद्यान्न वितरण गरिएको आयोजक सस्था अपेन काठमाडौं माहानगरपालिकाका अध्यक्ष तिलक मानन्धरले जानकारी दिनुभयो ।

मकवानपुर स्थित राक्सिराङ गाउँपालिकाको चेपाङ समुदाय मा करिब २०० जनालाई  न्यानो कपडा साथै खाद्यान्न वितरण गरिएको आयोजकले जानकारी दिइएको छ ।

बाराको कोल्हवी वडा नं. १ को खैरा काटामा एक कार्यक्रमका बिच २०० बालवालिका र २५ वृद्ध वृद्धालाई न्यानो कपडा बल्यान्केट हस्तान्तरण गरिएको हो ।

लाभान्वित सबै बालबालिकाहरु विपन्न  परिवारका हुन् । आर्थिक दुरावस्थाका कारण कष्टप्रद जीवन बाँचिरहेका उनीहरुलाई जाडोमा लगाउने कपडा अभाव थियो । न्यानो कपडा पाएपछि बालबालिका दंग परेका थिए । बच्चाका बुवाआमाले आयोजकलाई धन्यवाद दिएका छन् ।

यस अभियानमा अपेन काठमाडौंका अध्यक्ष तिलक नारायण मानन्धर,  अपेन काठमाडौंका केन्द्रिय सचिव उमानाथ निरौला, समाजसेवी रामचन्द्र साफी , युवा समाजसेवी अमृत जि.आर, हरिओम रौनियार, हेमकर्ण सिवाकोटी,  अपेनका बन्दना अधिकारी, सबिना थापा, किवानिस क्लब अफ युनिक नेपालकि सदस्य निशा प्रधान, कोल्हबीका सारदा सिवाकोटी , उमेश कुमार रन्जन लगायतको उपस्थितमा सो सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१