एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-८० को २५ औ वार्षिक साधारण सभा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७८, बुधबार ०६:२२

काठमाण्डौ । एम्नेस्टी इन्टरनेसनल नेपाल बालबालिकाका लागि कार्यरत समुह-८० को २५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जोसेफ मावीमा भएको साधारण सभामा अध्यक्ष,सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

एम्नेस्टी इन्टरनेसनल नेपाल बालबालिकाका लागि कार्यरत समुह-८० की संयोजक रिता थपलियाको अध्यक्षतामा भएको सो साधारण सभामा बागमती प्रदेसका प्रदेस सभा सदस्य राजकाजी महर्जन प्रमुख अतिथि रहेका थिए।

एम्नेस्टी इन्टरनेसनल नेपालका पुर्व केन्द्रीय अध्यक्ष सुर्य बहादुर अधिकारी , वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,समुह ५३ का संयोजक मुकुन्द ढुंगाना ,एम्नेस्टी इन्टरनेसनल नेपाल बालबालिकाका लागि कार्यरत समुह-८० का पुर्व अध्यक्षहरु मनोज अधिकारी,दिपक अधिकारी ,कपन बहुमुखी क्याम्पसका प्रमुख भुमिदत्त पौडेल ,एम्नेस्टी इन्टरनेसनल नेपाल समुह -८० का सदस्य राजकुमार बोगटी,  लगायत अतिथि रहेको सो साधारण सभामा समुह-८० ले गरेका विभिन्न गतिविधिहरुको वारेमा जानकारी प्रदान गरिएको थियो। सायद ६ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद १३ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

एम्नेस्टी इन्टरनेसनल नेपाल बालबालिकाका लागि कार्यरत समुह-८० को २५ औ वार्षिक साधारण सभा सम्पन्न

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१