सरकार लकडाउनको विपक्षमा, पीसीआर परीक्षणको मूल्य घटाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७८, बुधबार ०६:१०

काठमाडौं । सरकार लडाउनको विपक्षमा अझै कायमै छ । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि कडाईका लागि सुझावहरु पाएपनि सरकारले लकडाउनको विपक्षमा रहेको प्रष्ट पारेको हो ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेलले कोरोना भाइरसको जोखिमका बाबजुद लकडाउनको विपक्षमा रहेको बताएका हुन् । तर, भीड नियन्त्रणमा भने उनले जोड दिए ।

भीड नियन्त्रण सरकारले गरेर मात्र नहुने बताए । भीड नियन्त्रणका लागि सबैको साथ हुनुपर्नेमा जोड दिए ।

केही दिनभित्रै पीसीआर परीक्षणको शुल्क घटाउने समेत स्वास्थ्य सचिव पोखरेलले बताए । उनले सरकारी प्रयोगशालामा परीक्षण गर्नेलाई निःशुल्क र निजीमा मूल्य समायोजन गर्ने बताएका हुन् ।

निजी ल्याबमा प्रति व्यक्ति पीसीआर परीक्षणको २ हजार रुपैयाँ दस्तुर लिने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१