कोरोना संक्रमण वृद्धिदर तिव्र भएसँगै महामारी भयावह हुने खतरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७८, बुधबार ०६:०७

काठमाडौं। देशमा कोरोना भाइरसको संक्रमणदर तिव्र गतिमा वृद्धि भइरहेको छ । संक्रमित संख्या दैनिक दोब्बर जसरी बढिरहेको छ ।

३ माघमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पत्ता लागेको थियो । आज देशभर संक्रमितको संख्या १० हजार नाघेको छ । उपत्यकामा मात्र ५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

२ माघमा ४ हजार ९ सय ६१ संक्रमित भएका थिए । स्वास्थ्य मन्त्रालयले दैनिक २० हजार संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

सक्रिय संक्रमित थपिएसँगै सरकारले कडाई गर्ने नीति लिन लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१