पर्यटन बोर्डका सीईओ रेग्मी सुन चोरी पैठारीमा मुछिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७८, सोमबार ०६:०८

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ । २०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको खुलासा भएको हो ।

भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा तीन थान सुन बिस्कुट आकारमा ल्याएका थिए । ती मध्ये ३० ग्राम सुन अवैध थियो ।

सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो । सो मुद्दामा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१