आनन्दकुटीका पूर्व विद्यार्थीले विद्यालयको भवन पुनः निर्माण गरि गरे हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७८, आईतवार ०७:०९

काठमाडौँ । काठमाडौँस्थित आनन्दकुटी विद्यापीठ, आनन्दकुटी कन्या विद्ययापीठ र आनन्दकुटी साईन्स कलेजमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भवनहरुमध्ये एउटा भवनको पुनः निर्माण गरेका छन् ।

आनन्दकुटी भूतपूर्व विद्यार्थी संस्था (अका) ले मुदिता भवनको पुनः निर्माण गरी विद्यालयलाई एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गरेको हो ।

सो विद्यालयबाट अध्ययन पूरा गरी देश विदेशमा विभिन्न क्षेत्रमा सक्रिय पूर्व विद्यार्थीहरुले रोटरी क्लब अफ पाटनमार्फत रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानसँगको सहकार्यमा ६४ लाख लागतमा भवनको रेट्रोफिटिङ गरी पुनः निर्माण गरेको हो । पूर्व विद्यार्थी र रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले ३२–३२ लाख सहयोग गरेका थिए ।

भवन पुनः निर्माणका लागि ३२० जना पूर्व विद्यार्थीले आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष नवीन विकास महर्जनले जानकारी दिनुभयो ।

आनन्दकुटी विद्यापीठ सन् १९५२ मा एक मात्र बौद्धशिक्षा दिने आवासीय विद्यालयको रुपमा आनन्दकुटी बिहारमा विश्व विख्यात भन्ते अमृतानन्द महाथेरो र सह संस्थापक श्री न्हुछे बहादुर बज्राचार्यले स्थापना गर्नु भएको हो ।

सन् २००१ देखि यस विद्यालय आनन्दकुटी बिहारअन्तर्गत रही आनन्दकुटी विद्यापीठ सार्बजनिक शैक्षिक गुठीमार्फत संचालित छ । पुनः निर्माण गरिएको भवनमा हातधुने स्थान, शौचालयका साथै टेबल बेन्च, सेतोपाटीलगायत आपतकालीन ढोका तथा भर्‍याङको पनि व्यवस्था गरिएको छ ।

उपेक्षा भवनको पुनः निर्माण शुभारम्भ

आनन्दकुटी विद्यापीठ–सार्बजनिक शैक्षिक गुठीका गुठियार भन्ते पन्नामुर्ती महास्थाबीरले परितान पाठ गरी उपेक्षा भवनकोसमेत पुनः निर्माण शुभारम्भ गरिएको छ ।

२०२९ सालमा यसै विद्यालयबाट एस एल सी उतिर्ण गर्नु भएका क्याप्टेन फिजो नाथ नेपालीले उपेक्क्षा भवनको पुनः निर्माण (रेट्रेफिटिङ) को लागि आवश्यक सबै खर्चको जिम्मेवारी लिनु भएको छ । उहाँले भवन पुनः निर्माणको लागि आवश्यक रकमको पहिलो किस्ताको चेक पनि हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०