भक्तपुरको सिडियो र एसपी निस्किए जिल्लाको निरीक्षणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७८, बिहीबार ०६:५८

भक्तपुर । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको भक्तपुर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्मा,महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले भक्तपुरको प्रमुख प्रवेशद्वार साँगाको अवलोकन गर्नुका साथै विश्वब्यापी रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई समेत ध्यानमा राखी सचेतना अभिवृद्धि स्वरुप उक्त नाकाबाट सवारी साधन र पैदल मार्फत आवत जावत गर्ने तथा प्रहरीको काम कार्वाहीलाई प्रभावकारी वनाउने र मास्कको अनिवार्य प्रयोगलाई कडाइ गर्न निर्देशन समेत दिएकी छन्

नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहकार्यमा महानगरीय प्रहरी परिसर भक्तपुरले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान थालेको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले बताएकी छन् ।

“ जिल्ला प्रशासनको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको बताउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान  शुरूवात गरिएको बताउनुभयो ।

प्रतिक्रिया