ज्ञानेन्द्र भने ‘देशको अस्तित्व संकटमा’ (सन्देशसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०७८, मंगलवार ०६:२९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको पूर्वसन्ध्यामा दिएको लिखित सन्देशमा देशको अस्तित्व समेत संकटमा परेको उल्लेख गरेका छन् । उनले देश परायाहरुको मैदान बनिसकेको समेत बताएका छन् ।

‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराकोअनुभूति हरेक नेपालीले गरिराखेका छन्,’ पूर्वराजा शाहले विज्ञप्तिमा भनेका छन् ।

उनले राजनीतिक प्रणालीलाई केवल साधन भन्दै यसैलाई महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएकोमा आलोचना गरेका छन् । घुमाउरो तरिकाले गणतन्त्रले जनताले सास्ति र राष्ट्रले अस्तित्व प्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बनेको तर्क गरेका छन् ।

पूर्वराजाले परराष्ट्र मामिलामा नीति र व्यवहारको सम्वेदनशीलतालाई उपेक्षा गरिएकाले असन्तुलनको परिणाम भोगिरहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१