प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७८, सोमबार ०६:५३

काठमाडौं । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव भए पुग्नेमा सात जना सचिव राखेपछि प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ । सात जना सचिव भए पनि उनीहरूको कार्यसम्पादन सशक्त हुन नसक्दा परिणाम खासै हासिल हुन सकेको छैन ।

सकारले केही दिनअघि मात्रै ‘ओ एन्ड एम’ नै नगरी बिनाऔचित्य प्रशासन र प्राविधिकतर्फ सचिवको एक एक पद सिर्जना गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको संख्या सात पुगेको छ । यसअघि प्रशासनतर्फका चार र कानुनतर्फका एक गरी पाच जना सचिव रहेका थिए । अब भने प्रशासनतर्फका एक थप गरी पाँच जना, कानुनतर्फका एक र प्राविधिक (इन्जिनियरिङ) तर्फका एक गरी सात जना सचिव पुगेका हुन् ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गरेपछि त्यससँगै खारेजी भएको सचिव पदलाई प्रधानमन्त्री कार्यालयमा ल्याएको हो । सो पद इन्जिनियरिङतर्फको हो । यसैगरी, बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशिष्ट पद सिर्जना गरिएको हो । यद्यपि, नेपाल सेवा निवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार पछिल्लो समय प्रधानमन्त्री कार्यालय सचिवहरू डम्प गर्ने थलोको रूपमा विकास भएको छ । कसैलाई अन्य मन्त्रालयबाट तान्नु पर्ने भएमा वा कोही कतै विवादमा परेका प्रधानमन्त्री कार्यालयमा तान्ने गरिएको छ । अन्य मन्त्रालयबाट तानेर ल्याइएपछि आएका सचिवहरूले उच्च मनोबलका साथ काम गर्ने वातावरण नै बन्न नसक्दा प्रधानमन्त्री कार्यालयका सचिवहरूले राम्ररी काम नगर्ने गरेको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।

सिंगो सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयका सचिवहरूको भूमिका सशक्त हुने भए पनि सरकारले उनीहरूलाई उचित वातावरण दिन नसक्दा परिणाम करिब करिब शून्य जस्तै आउने गरेको कार्यालयका अधिकारीहरूको दाबी छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१