ललिता निवास प्रकरण: सिआइबीले बुझायो सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७८, शुक्रबार ०५:४२

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा बिक्री प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रतिवेदन बुझाएको छ । ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्ष (एसपी) श्यामकुमार महतोले आफूले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बताए ।

तीन वर्षको अनुसन्धानपछि सिआइबीले यो प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने छ । ललिता निवास प्रकरणमा संलग्न साढे ३ सय बढीलाई प्रतिवादी बनाएको छ ।

सिआइबीले २०४९, २०६२, २०६६/६७ र २०६९ मा गरी चरपटक ललिता निवासको जग्गा व्यक्तिको नममा दर्ता गरेको सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धानमा १४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सिआइबीको छ ।

अख्तियारले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादारसहित १६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दा विशेष अदालतमा विचराधीन छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिको सिफारिसको आधारमा सरकारले अख्तियार र सिआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

सिआइबीले पूर्वसचिवहरु दीप बस्नेत, छबिराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारी, भूमाफिया किटान गरिएका रामकुमार सुवेदी शोभाकान्त ढकाल तथा व्यापारी मिनबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१