नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित, थप ५४० जनामा संक्रमण, १ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७८, शुक्रबार ०५:४१

काठमाडौं । नेपालमा बिहीबार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ९ पिसिआर परिक्षणका क्रममा ४ सय ७८ जना र ४ हजार ८ सय ९० एन्टीजेन परिक्षणका क्रममा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ९ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय ७१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १३ हजार ४ सय ४७ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१