एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ को सातौ साधारणसभा २३ मा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७८, बुधबार ०७:२८

काठमाडौं। एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ  वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा हुने भएको छ । पुष २३ गते हुने कार्यक्रममा नया सदस्यको लागि प्रशिक्षण कार्यक्रम समेत रहेको पुर्व संयोजक तथा ग्रुप सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो ।

“नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिने ढुंगानाले बताउनुभयो।

साधरण सभा मा आयोजना एम्नेस्टी नेपाल ग्रुप ५३ को भावी कार्यदिशा र मानवअधिकारका सम्बन्धमा अझ प्रभावकारी कदमहरूको अपेक्षा व्यक्त गर्नुभयो । साधारणसभाले हरेक सदस्यको कामलाई मध्यनजर गर्दै कार्यविभाजन समेत गरिने ढुंगानाले बताउनुभयो  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१