अपेन काठमाडौं महानगर कमिटिले थामी समुदायलाई न्यानो कपडा वितरण गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७८, बुधबार ०७:०८

काठमाडौं । नेपालले बढ्दै गइरहेको चिसो र शितलहर अनि त्यसले पार्ने प्रभावलाई मध्यनजर गरि दोलखा जिल्ला कालिन्चोक गाउपालिका वडा नम्बर ९ स्थित थामी समुदायलाई न्यानो कपडा (सुइटर, टोपी, ब्लान्केट, जुत्ता चप्पल र अन्य लत्ता कपडाहरु र खाद्यान्न सहित  बालबालिकाको लागि केहि स्टेशनरी सामग्री अपेन काठमाडौं महानगर कमिटिले किवानिस क्लब अफ युनिक नेपालको सहकार्यमा वितरण गर्ने भएको छ ।

चिसो र शितलहरले थामी समुदायमा दिन प्रतिदिन समस्या बढ्दै गएकोले उत्प्रेरणा तथा हौसला प्रदान गर्न उद्देश्यले न्यानो कपडा वितरण गर्न लागिएको अपेन काठमाडौं महानगर कमिटिका अध्यक्ष तिलक मानन्धरले बताउनुभयो । किवानिस क्लब अफ युनिक नेपालको सहकार्यमा हुने कार्यक्रममा ३०० घर धुरीमा वितरण गर्ने मानन्धरले जानकारी दिनुभयो । अपेन काठमाडौं महानगर कमिटिले यस अभियानमा जो कोहि जोडिन सकिने समेत बताउनुभयो उहाले भन्नुभयो सेवा नै धर्म हो यहाहरु हामी संग सहकार्य गरेर जोडिन समेत आग्रह गर्दै यहि आउने पुस २५ गते आइतबार दोलखा जिल्ला कालिन्चोक गाउपालिका वडा नम्बर ९ स्थित थामी समुदायमा गएर वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१