उपसचिव बैकुण्ठ सापकोटा गोकर्णेश्वर नगरपालिकामा सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७८, बुधबार ०६:३०

काठमाडौं । उपसचिव बैकुण्ठ प्रसाद सापकोटा गोकर्णेश्वर नगरपालिकामा सरुवा भएका छन्।  नेपाल सरकार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवलाई सरुवा र पदस्थापन गरेको छ। उनी त्यही सरुवामा परेर गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आउँदै छन्।

हाल सापकोटा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। त्यस अघि सापकोटाले बूढानीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दा सुशासन प्रेमी हाकिम भनेर आफ्नो पहिचान बनाउन सफल भएका थिए।

सुशासन र विकास प्रेमी भएकै कारण उनको कार्यकालमा ४१ वटा विकास निर्माणका योजना टेण्डर भएको थियो। कोरोना महामारी रोकथाम, नियन्त्रण तथा कन्ट्याक्ट ट्रेसिङ्गका लागि देशभरमै बूढानीलकण्ठ नगरपालिका प्रथम भएको थियो।

कोरोना संक्रमितलाई पहिचान गरि स्वास्थ्योपचारका निम्ति खानपिनको व्यवस्थासहितको आईशोलेशन सेन्टर निर्माणका साथै होम आईशोलेशनमा बसेका बिरामीलाई समेत पौष्टिक खानेकुरा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। कोभिड-१९ को अत्यन्तै जोखिमपूर्ण अवस्थामा पनि उनको निर्देशन पालना गर्दै जनस्वास्थ्य महाशाखाले अति तदारुकताका साथ जिम्मेवारी पूरा गरेको थियोे।

प्रत्येक जनप्रतिनिधि संग समधुर सम्बन्ध बनाउन माहिर सापकोटाले हरेक कर्मचारी संयन्त्रले अति संबेदनसिल भएर आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्नुपर्ने बताउने गर्थे। उनको सरुवा भएर बूढानीलकण्ठ नगरपालिकामा आएपछि कामचोर र जिम्मेवारी बहन नगर्ने कर्मचारी पनि त्राहिमाम भएर कर्तव्यपरायण भएका थिए। सबै जनप्रतिनिधि अनि कर्मचारीलाई समान व्यवहार गर्ने तथा माया गर्ने हाकिम भएको कारण पनि बूढानीलकण्ठबाट उनको सरुवा हुँदा प्राय दु:खी नहुने कोहि भएनन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१