स्याफ्रुबेसी–रसुवागढी सडक खुल्न अझै एक दिन लाग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७८, बुधबार ०६:१५

रसुवा । सुक्खा पहिरो खसेर बन्द भएकाे रसुवाको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड खुल्न अझै एक दिन लाग्ने भएको छ ।

पहिरो खसेको ठाउँमा अझै साना–साना ढुङ्गा खसिरहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा सुक्खा पहिलो खस्दा सडक बन्द भएको हो ।

सडक बन्द भएपछि मालवाहक कन्टेनर बाटोमा नै राेकिएका छन् । पहिरो पन्छाउनका लागि एक्स्काभेटर लगायतका उपकरण प्रयोगमा ल्याउन लागिएको र भोलि बुधवार बिहानदेखि पहिरो पन्छाउन सुरु गरिने प्रहरीले जनाएको छ । यो सडक खण्डमा पहिरो खसिरहने समस्या रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१