प्रकाशराज पाण्डेको अध्यक्षतामा किवानिज पाटनको १७ कार्यसमिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७८, मंगलवार ०६:१७

काठमाडौँ । किवानिज क्लव अफ पाटन पहिलो कार्यसमिति गठन गरिएको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना गरी किवानिज क्लव अफ पाटनले प्रकाशराज पाण्डेको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिमा अध्यक्षसहित १७ जना रहेका छन् । क्लवका अध्यक्षका पाण्डेले कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो ।सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा 'KIWANIS AT "Serving the Childr KIWANIS INTI Nepal Distr Kiwa INSTALLATION AND is KIWANIS c ponsor Club: KIWANI Venue: अगेनो geno Dhobighat, Calttpur KIWANIS NI PERNATIONE' भन्ने पाठ को तस्बिर हुनसक्छ

अध्यक्ष पाण्डेले भन्नुुभयो,‘किवानिज क्लव अफ पाटनले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्नेगर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढेको छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढको छ । क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफ पाटन मार्फत गर्ने छौं । बालबालिकाको अध्ययनको लागि छात्रवृत्तिका कार्यक्रम,उच्च हिमाली क्षेत्रमा स्वास्थ्य सिविर,वातावरण सरसफाई सम्बन्धि कार्यक्रम तथा वातावरण सफा राख्नको लागि विरुवा रोप्ने काम समेत गर्ने छ । यस्ता काम भाषण होइन गरेर देखाउने छौं । विशष गरेर दक्षिण ललितपुर, रामेछाप, दोलखा,सिन्धुली र काभ्रेमा स्तानीय तहको समेत समन्वयमा शिक्षा,स्वास्थ्यको क्षेत्रमा काम गर्ने तयारी छ । माघ महिनामा क्लवमार्फत् स्वास्थ्य सिविर राख्ने सम्र्पूण तयारी भएको छ।’सायद १४ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

किवानिज क्लव अन्तर्राष्ट्रिय रुपमा १०७ वर्ष पुरानो क्लव हो । नेपालमा सन् २०१५ मा स्थापना भएको हो । क्लवले स्थापनादेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । सायद ५ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१