काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् ।
आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् ।
२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन् ।
उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुष तर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।
प्रतिक्रिया