मिसेस नेपाल वर्ल्ड -लक्ष्मी जोशीले चुमिन पब्लिक च्वाइस अवार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७८, आईतवार १३:४१

काठमाडौँ – काठमाडौँ बाफलकी दीक्षा केसी विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी छन्। यस्तै पब्लिक चोइस अवार्ड भने व्यवसायी लक्ष्मी जोशीले आफ्नो पोल्टामा पार्न सफल भइन । अमेरिका बस्दै आएकी जोशी समाजसेवा तथा शिक्षण पेशामा आवद्ध छिन । दुइ सन्तानकि आमा लक्ष्मी जोशी श्रीमान किशोर जोशीको सहयोग तथा हौसलाका कारण आज यो स्थान सम्म आइपुगेको बताउछिन । डेनमार्कबाट मल्टी मिडिया सम्बन्धि अध्ययन गरेकी जोशीले अमेरिकामा पनि धेरैलाइ रोजगारी दिएकी छिन भने नेपालमा अक्षयकोष नै स्थापना गरेर बालबालिकाको शिक्षाका लागि जोड दिदै आएकी छिन । नेपालमा कोरोना सक्रमण चरम बिन्दुमा पुगेका बखत असहाय गरिब दीनदुखीहरुको सेवाका खातिर उनले रकम समेत हस्तान्तरण गरेकी थिइन् । भर्खर भर्खर अमेरिका प्रवेश गरेका नेपालि दाजुभाइ दिदीबहिनी हरुका लागि सहयोगीको भूमिका निभाउदै आएकी छिन  ।
सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष कोइराला प्रमुख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लीगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक रहेको प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता गिरी एमएस इन्टरनेसनल भए। उनीहरुले उपाधि चुमेवापत सन् २०२२ मा सिङ्गापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। उषा रियो मस्ट ट्यालेन्टेड र सिजी सिमेन्ट मस्ट बोल्डको विजेता पनि भइन्।
त्यसैगरी माधुरी कर्ण एआरएस डेन्टल क्लिनिक बेस्ट स्माइल, वाइवाइ डाइनामिक भ्युअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रालय मिसेस टुरिजम एम्बेस्डर,  सोनु मगर ढुंगेल रश्मिलाज फेसियल हाउस बेस्ट हेयर, सुमिता लामा नेपाल आइस बेस्ट र्‍याम्पवाक र एन्ड पिक्चर्स मस्ट फोटोजेनिक, माला सुनुवार मालिका सेभिङ एन्ड क्रेडिट मस्ट इन्टलिजेन्ट, नारायणी अटो बिजिनेस मस्ट डिसिप्लेन्ड, पवित्रा बानियाँ हरपल फुड्स मिसेस कन्जिनियालिटी, जयन्ती राई सिल्कवेयर फेसन आइकन, मनिता प्याकुरेल असम बेस्ट पर्सनालिटी, सुस्मिता खड्का सफ्टी मस्ट व्युटिफल, राजश्री थापा क्वीक्स मस्ट कन्फिडेन्ट, सुमित्रा पौडेल उप्रेती काठमाडौँ वर्ल्ड स्कुल मस्ट क्रियटिभ र मोनिका न्यौपाने होटल सिटी पार्क म्यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधि विजेता भए।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१