काठमाडौं। अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब गठन भएको छ । विभिन्न क्षेत्रको युवाहरूको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ ब्राइटर फ्युचर लाइफ गठन भएको हो । क्लबमा युवा ब्यबसायी तथा समाजसेवी रामहरि सापकोटाको अध्यक्षतामा १६ सदस्य गठन गरिएको छ ।
१६ सदस्यीय समितिले ब्यबसायी तथा समाजसेवी रामहरि सापकोटा निर्बिरोध चार्टड प्रेसिडेन्ट अध्यक्षमा चयन गरेका छन् भने अन्य पधादिकारि चयन क्लबकाे बैठकले गर्ने जनाएकाे छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि इलेक्ट गभर्नर लम्साल, लगाएत डीसट्रिकटका पधादिकारीहरूकाे उपस्थिति रहेको थियो।
किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ७ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको किवानिस क्लबका इलेक्ट गर्भनर लम्सालले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो । किवानीस क्बल नेपालमा २०१५ मा स्थापना भएको हो । नेपालको विभिन्न जिल्लामा क्लब विस्तार गरि बालबालिकालाई सेवा प्रधान गरिरहेको डीसट्रिकट सचिव दिपक पौडेलले बताउनुभयो । बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गरिरहेको उहाँले बताउनुभयो । क्लब भित्र राजनिति, धार्मिक, वर्ण र लैगिंक विवेद गर्न नपाइने उहाँले बताउनुभयो ।
किवानिस क्लब अफ युनिक नेपाललकाे स्पाेन्सर क्लब किवानिस क्लब अफ ह्यापी नेपाल र काे स्पाेन्सर किवानिस क्लब अफ युनिक नेपाल रहेकाे थियाे ।
किवानिस क्लब अफ युनिक नेपालले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष रामहरि सापकोटा ले प्रतिवद्धता गर्नुभयो ।
प्रतिक्रिया