तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को आज खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताएका हुन् ।
‘सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहे, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइन’, उनले भने, १४औँ महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन ।’ वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिए ।
‘पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास ग¥यौँ तर केही साथीहरूका व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन’, पौडेलले भने । वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया