श्रोत खुलाउन नसकेको सुनको गहनासहित दुई जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७८, शुक्रबार ०५:५१

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रम्हपुरीबाट पौष १४ गते सशस्त्र प्रहरीले करीव १ लाख ३५ हजार रुपैयाँ बराबरको सुनको गहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने १८ बर्षिय बिक्की महतो र २९ बर्षिय राम कुमार साह छन् ।

भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वेलबिछुवाले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित मुल्य बराबरको ७७ वटा सुनको फुली तथा ७ हजार ४ सय नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद गहना तथा नेपाली रुपैयाँसहित आवश्यककारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१