नियमित यौन सम्बन्धले मृगौलाको पत्थरी निको हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७८, बुधबार ०५:५१

काठमाडौं। नियमित यौन सम्बन्धले महिलाहरुलाई मृगौलाको पत्थरीको समस्याबाट छुटकारा दिलाउन सक्छ । हालै गरिएको एक अध्ययनमा नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या निको हुने खुलासा भएको हो । अध्ययनको नतिजामा भनिएको छ – तीन देखि ४ हप्तासम्म नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या पूर्ण रुपमा समाप्त हुन सक्छ र पत्थरी पनि सजिलैसँग शरीरबाट बाहिर निस्किन सक्छ ।

कैयौं पटक बिरामीहरुले पत्थरीको उपचारको लागि शल्यक्रिया गराउनुपर्छ वा ‘शकवेभ थेरापी’ गराउनुपर्छ । तर अब विशेषज्ञहरुले अध्ययनमा पत्ता लगाएका छन् कि यौन सम्बन्ध र चरमसुखका कारण शरीरमा जुन रसायनको उत्पादन हुन्छ त्यो रसायनले पत्थरलाई बाहिर निकाल्न सहयोग गर्छ । द सनको रिपोर्टअनुसार अध्ययनमा ७० जना महिलाहरुलाई सहभागी गराइएको थियो जसलाई मृगौलामा पत्थरीको समस्या थियो । यीमध्ये आधा महिलाहरुलाई हप्तामा ३ देखि ४ पटक यौन सम्बन्ध राख्न भनिएको थियो । अन्य महिलाहरुलाई यो अवधिमा यौन सम्बनध नराख्न भनिएको थियो ।

दुई हप्तापछि उनीहरुको पुनः जाँच गर्दा जो महिलाहरुले नियमित यौन सम्बन्ध राखे उनहिरुमध्ये ८० प्रतिशत महिलाहरुको मृगौलामा भएको पत्थरीको समस्या हटिसकेको थियो । अर्कोतर्फ जो महिलाहरु यौन सम्बन्धबाट टाढा रहे तीमध्ये ५१ प्रतिशतको मात्रै पत्थरीठिक भएको थियो । टर्कीको अवरस्य युनिभर्सिटीले यो अध्ययन गरेको हो । यो अध्ययन इन्टरनेशनल युरोलोजी एण्ड नेफोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।

यसअघि केही अध्ययनमा यो पनि खुलासा भएको थियो कि हप्तामा ३ देखि ४ पटक यौन सम्बन्ध राख्ने पुरुषहरुलाई पनि मृगौलाको पत्थरीको समस्याबाट छुटकारा पाउन सहयोग मिल्छ । मृगौलाको पत्थरीको समस्याबाट कैयौं पटक निकै पीडा हुन्छ र मृगौलामा संक्रमणको पनि खतरा रहन्छ । यदि समयमै यसको उपचार गरिएन भने मृगौला नै खराब हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१