मलाई कारवाही गरे एन्फा निलम्बनमा पर्छ : थापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७१, बुधबार ०५:४२

काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफूमाथि कारवाही भए फिफा र एएफसीले नेपालबाट एन्फा निलम्बनमा पर्ने बताएका छन् । फिफाको विधानको धारा १३ र १७ तथा एएफसीको धारा ११ अनुसार तेस्रो पक्षले हस्तक्षेप भइरहे नेपालबाट एन्फा निलम्बनमा पर्ने उनको भनाई थियो । सातदोवाटोमा आज साँझ पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले नेपाली फुटबललाई दुर्घटनाबाट बचाउन एन्फामाथि परेको उजुरी गहिराइमा गएर छानविन गर्नुपर्ने बताए ।download (6)

संसदको सार्वजनिक लेखा समितिले एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई अनुसन्धानको लागि निर्देशन दिएको भोलिपल्ट उनले पत्रकरा सम्मेलन गरेका हुन् ।

हचुवाको भरमा छानविन गर्ने निकायहरुले काम गरे सानो गल्तीले एन्फा नेपालमा नरहने उनको दाबी थियो ।

३५ वर्षे एन्फाको कार्यकालमा एक रुपैयाँ पनि हिनामिना नभएको भन्दै उनले एन्फमाथि लागेका आरोपको सामना गर्न तयार रहेको बताए ।

‘नेपालमा भ्रष्टाचार गर्ने मन्त्री, नेता जेल गएका छन्’, थापाले भने,’मैले पनि गल्ती गरेको भए पहिल्यै जेल गइसक्ने थिएँ।’

गणेश थापासँग सम्बन्धित रहेर अहिलेसम्म कुनै छानविन नभएको भन्दै उनले भएका जति सबै छानविन एन्फाको संस्थागत रुपमा मात्र भइरहको बताए । दोषी ठहर भए पत्रकार सम्मेलन गरेर खेलकुद क्षेत्रबाट विदा हुने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१