माओवादी केन्द्रको आठौँ महाधिवेशन- गोपाल किराती अध्यक्ष !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७८, सोमबार ११:५१

काठमाडौँ – २०७५ फागुन १, २ र ३ गते भएको नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट गोपाल किराती माओवादी केन्द्रको अध्यक्ष चयन भएका थिए । तात्कालिन प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमालेसँग मिसिन गएपछि । एमालेमा बिलिन हुन गएकोु भन्दै त्यसको निरन्तर बिरुद्धमा रहेका गोपाल किराती सहितको समूहले माओवादी केन्द्रलाई विधिवत रुपमै पुनर्जीवित गरेर आठौँ महाधिवेशन सम्पन्न गरेको थियो ।

किराती नेतृत्वको माओवादी केन्द्रको आठौँ महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । त्यस्तै १८ जनाको राजनीतिक परिषद र ६ जनाको पदाधिकारी चयन गरेको थियो । तात्कालिन किराती नेतृत्वको माओवादी केन्द्रले गरेको गतिबिधिहरु बिभिन्न संचार माध्यमका हेडीङ पनि भए । महाधिवेशन अघि बुटवलमा भएको बैठकले आठौँ महाधिवेशन बोलाउने निर्णय गरेको थियो । महाधिवेशन पुर्व तयारीको क्रममा महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन समेत भएको थियो । त्यसपछि काठमाडौँमा तीन दिनसम्म चलेको महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधिहरु सहभागी भई महाधिवेशन सम्पन्न भएको थियो । सोहि महाधिवेशनको निर्णय २०७५ चैत १ गते रिपोर्टर्स क्लबबाट पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो

जब एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नाममा सर्वोच्चबाट मुद्दा फैशला भयो, तब ठूलो माछाले भुरा माछालाई सजिलै खान्छन् भन्ने जस्तै भयो । गोपाल किराती सहितको एमालेमा नगई माओवादी केन्द्रलाईनै जीवन दिएर बसेकाहरुलाई बाइपास गरियो । त्यसो त माओवादी केन्द्रलाई मर्न दिनु हुँदैन, एमालेमा बिलिन हुन जानु हुँदैन भनेर पार्टीलाई अघि बढाउदै आएकाहरुलाई प्रचण्ड नेतृत्वले कुनै स्थान समेत दिन उपयुक्त ठानेन । माओवादी टुक्रदै जाने सृंखला, प्रचण्ड इतरको निर्णय विरुद्ध जानेहरुलाई बाइपास गर्दै जाने निरन्तरता र कुनै बेला बलियो अवस्थामा रहेको पार्टीलाई कमजोर बनाउदै लैजाने काम यहाँनेर पनि दोहोरियो ।

सर्वोच्चको निर्णय अनुसार जाँदा पहिले प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र र ओली अध्यक्ष रहेको एमाले पुरानै अवस्थामा फर्किएका थिए, जसको प्रत्यक्ष प्रभाव किराती नेतृत्वको माओवादी केन्द्रलाई पनि पर्न गयो । पहिलेकै अवस्थामा फिर्ता हुनुपरेपछि त्यसपछिका गतिबिधि स्वतस् खारेज गरिए । किरातीले माओवादी केन्द्रमा ल्याएका ठूलो समुह फेरी तितरबितर हुन पुगे । कोहि एमालेतिर गए कोहि अर्कै पार्टी खडा गरि गए । कोहि अझै पनि नेतृत्वको खोजीमै रुमल्लिरहेका छन् ।

प्रतिक्रिया