समाजसेवी तथा व्यवसायी लक्ष्मी जोशी मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७८, सोमबार ११:३९

विवाहित महिलाका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धामा २४ महिलाबीच भिडन्त हुने भएको छ । रिवन इन्टरटेनमेन्टको आयोजना तथा की एडभरटाइजिङको मार्केटिङ सहकार्यमा हुने वाईवाई मिसेस नेपाल वल्र्डको यो नयाँ संस्करणमा समाजसेवी लक्ष्मी जोशीले पनि प्रतिस्पर्धा गर्ने भएकी छिन् । अमेरिका बस्दै आएकी जोशी समाजसेवा तथा शिक्षण पेशामा आवद्ध छिन । दुइ सन्तानकि आमा लक्ष्मी जोशी श्रीमान किशोर जोशीको सहयोग तथा हौसलाका कारण आज यो स्थान सम्म आइपुगेको बताउछिन । डेनमार्कबाट मल्टी मिडिया सम्बन्धि अध्ययन गरेकी जोशीले अमेरिकामा पनि धेरैलाइ रोजगारी दिएकी छिन भने नेपालमा अक्षयकोष नै स्थापना गरेर बालबालिकाको शिक्षाका लागि जोड दिदै आएकी छिन । नेपालमा कोरोना सक्रमण चरम बिन्दुमा पुगेका बखत असहाय गरिब दीनदुखीहरुको सेवाका खातिर उनले रकम समेत हस्तान्तरण गरेकी थिइन् । भर्खर भर्खर अमेरिका प्रवेश गरेका नेपालि दाजुभाइ दिदीबहिनी हरुका लागि सहयोगीको भूमिका निभाउदै आएकी जोशी मिसेस नेपाल वर्ल्डकि अब्बल प्रतिस्पर्धी हुन् ।

आगामी पौष १७ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । करिब १ महिने प्रशिक्षणपश्चात् सम्पन्न हुने प्रतियोगितामा प्रतिस्पर्धीहरु आफुलाई अब्बल उभ्याउनका लागि कडा मेहनत गरिरहेका छन् ।

रिवन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको आधिकारिक फ्रेन्चाइजी प्राप्त गरेसँगै यो प्रतियोगिता अब वाई वाई मिसेस नेपाल वल्र्डका नाममा हुनेछ । अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेको मिसेस वल्र्डको फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सौन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ का नाममा हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। झाका अनुसार मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ ।

मिसेस नेपाल वर्ल्डको विजेताले आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन्। प्रतियोगितामा अस्विनी झाको कोरियोग्राफी रहनेछ।

कार्यक्रममा एकै मञ्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताहरूको छनोट गर्ने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०