महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायको अवैध सेयर काण्ड ! किन मौन छ राष्ट्रबैक ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७८, सोमबार ११:२४

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले ’चोरबाटो’ बाट बैंकमा आफ्नो सेयर हिस्सा बढाएको पाइएको छ । कुनै पनि बैंक वित्तीय सँस्थाको अध्यक्ष तथा तोकिएका पदमा बहाल रहेको अवस्थामा आफु वा तोकिएका व्यक्तिहरुको नाममा सम्बन्धित सँस्थाको सेयर खरिद गर्न नपाइने कानुनी व्यवस्था भएकाले अध्यक्ष उपाध्यायले बिभिन्न प्रकृयाबाट आफु निकट आफन्तहरुको नाममा सेयर किनेर बैंकमा आफ्नो हिस्सा बढाएका हुन् ।

प्राप्त कागजातअनुसार उनले बिभिन्न समयमा आफन्तहरुको नाममा सेयर खरिद गरेर झन्डै १६ लाख कित्ता पुर्याएका छन् । महालक्ष्मी विकास बैंकको अध्यक्ष बन्नु अगाडी ६० हजार कित्ता रहेकोमा अहिले उनीसंग झन्डै १६ लाख कित्ता सेयर रहेको छ। महालक्ष्मी विकास बैंकसँग मर्ज गर्दा उनि एति डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । उपाध्यायले नातामा सासु पर्ने सिता शर्मा, भाई पर्ने दिपेन्द्र शर्मा र बबी शर्मा, बहिनि पर्ने रेखा उपाध्याय, बैंकमा आफ्नो गुटका बिश्वासपात्र कर्मचारी, व्यवसायिक साझेदार सुनिल बल्लव वन्त लगायतको आफन्तको नाममा बिभिन्न समयमा संस्थापक सेयर खरीद गरेका छन्।

उपाध्यायले बिभिन्न समयमा गरेर आफन्तहरुको नाममा मात्रै झन्डै ११ लाख कित्ता सेयर खरिद गरेका छन् भने बैंक भित्रैका आफु निकटका अन्य कर्मचारी तथा उनका आफन्तको नाममा समेत सेयर खरिद गरेका छन्। उनले व्यवसायिक साझेदार सुनिल बल्लभ पन्तको नाममा २०७२ साल भदौ १५ गते डेढ लाख कित्ता संस्थापक सेयर किनेका छन । यो सेयर भवानी थापाको नामबाट सुनिल बल्लभ पन्तको नाममा खरिद गरिएको हो । त्यस्तै उपाध्यायले २०७२ साल कात्तिक १३ गते पन्तको नाममा थप २५ हजार कित्ता संस्थापक सेयर खरिद गरेका छन्। प्रकाश आचार्यको नाममा रहेको संस्थापक सेयर पन्तको नामबाट खरिद गरिएको हो ।

नेपाल राष्ट्र बैंकको कानुनी व्यवस्था अनुसार कुनै पनि संचालकले आफु पदमा रहंदा एकाघर सदस्यको नाममा सोहि सँस्थाको सेयर खरिद गर्न नपाउने व्यवस्था रहेको छ। बैंक वित्तीय सँस्थालाई नियमन गर्न बनेको बैंक वित्तीय सँस्था सम्बन्धित ऐन २०७३, ’बाफिया’ को दफा १२ मा यसबारे उल्लेख छ । एकाघर सदस्यको नाममा सेयर
खरिद गर्दा कानुन आकर्षित हुने डरले उपाध्यायले आफ्नो ससुराली तर्फ तथा अन्य निकट आफन्तको नाममा सेयर खरिद गरेका हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१