तलब नपाउँदा बाँकेका शिक्षकहरुको दशैं खल्लो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७१, बुधबार ०५:१३

बाके – बाँके जिल्लाको सामुदायिक विद्यालयका शिक्षकहरुले दसैँ आइपुग्दा पनि तलब पाएका छैनन् ।
जिल्ला शिक्षा कार्यालय बाँकेको लापर्बाहीका कारण यसपटकको दसैँ धेरै शिक्षकका लागि खल्लो भएको छ ।
बाँकेमा सबैतहमा गरी करिब एकहजार ७ सय ५० जना शिक्षक कार्यरत छन् । उनीहरु सबैले मंगलबारसम्म पनि तलब पाउन सकेका छैनन् । पहिलो चौमासिक र दसैँ खर्च गरि पाँच महिना बराबरको तलब नपाएपछि शिक्षकहरु समस्यामा परेका छन् ।images (2)
तलब निकासामा ढिलाइ हुँदा जिल्ला बाहिरका अधिकांश शिक्षकहरु तलब बिना नै आआफ्नो घर गएका छन् । कतिपय शिक्षकहरु बिदा भएपनि तलब पाइने आशामा घर गएका छैनन् । बाँकेका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले निकासाको अख्तियारी ढिला आएका कारण शिक्षकहरुलाई समयमै तलब उपलबध गराउन नसकिएको बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालयमा एकजना मात्रै लेखा सम्बन्धी काम गर्ने कर्मचारी भएकाले पनि समस्या भएको उहाँको भनाई छ । शिक्षा कार्यालयले तलब पाइने भनेपछि अधिकांश शिक्षकहरु राष्ट्रिय बाणिज्य बैंकको नेपालगञ्जस्थित कार्यालयमा पुगेका थिए । बैंकमा तलब नपाएपछि उनीहरु जिल्ला शिक्षा कार्यालयमा पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१