यस कारण बस्छ पाठेघर बाहिर बच्चा, देखिने गर्दछन् यस्ता लक्षण !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०७:०५

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन।

यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ।

गर्भधारणलाई यसरी पनि बुझ्न सकिन्छः महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। सामान्यतया महिनावारी शुरु भएको १४ दिनपछि डिम्ब निष्कासन हुन्छ। त्यो बेलामा योनी भित्र जिबित शुक्रकीट भएमा वा डिम्ब मर्नु अगाबै (निस्केको दुई दिन भित्र) शुक्रकीट संग भेट भएमा गर्भ रहन्छ।

११औ दिन यौंन सम्पर्क गरेको बीर्य, डिम्ब निष्कासन हुने १४औँ दिनसम्म जिवितै रहने सम्भावना रहन्छ त्यसैले ११ औँ देखि १५ औँ दिनसम्म यौंन सम्पर्क गर्दा गर्भ रहन सक्छ।

जान्नु पर्ने कुराः डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ। महिलाको योनी भित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ सामान्यतः महिनावारी शुरु भएको दिन देखि नवौं दिन सम्म यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ। महिनावारी ठीक २८ दिनमा नै नभएर ढिलो चाँडो हुन्छ भने यो फर्मुला ले काम नगर्न पनि सक्छ।

गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन’ भन्ने गर्छन्। यो कहिलेकाहीँ आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ।

समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ। तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ। धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा पनि बस्नसक्छ ।

यो अवस्था किन खतरनाक ?पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ।

कारण : १. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने-२. ट्युबको पहिला शल्यक्रिया भएको छ भने -३. बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने-४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए ५. कपर टीको प्रयोगले

लक्षणहरूः१. महिनावारी रोकिने २. पेट दुख्ने ३. योनीबाट रगत जाने ४. वाकवाक लाग्ने ५.बेहोस हुने-उपचार : १) गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ।

२) गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि उपचार गर्न सकिन्छ। मेथोट्रेक्जेट नामक औषधि प्रयोग गर्न सकिन्छ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको। त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१