दुध बेसार आपसमा मिश्रण गरेर पिउनुको यति धेरै चमत्कारी फाइदाहरु !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०७:०२

दुध बेसार आपसमा मिश्रण गरेर पिउनुको यति धेरै चमत्कारी फाइदाहरु ! दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ । तर, दुध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ ।

कहिले पिउने:- कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दुधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।

कसरी पिउने:- बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दुध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दुध पिउनुहुन्न । दुध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दुधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।

१) राम्रो निन्द्रा लाग्छ:- यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ । २)क्यान्सरसँग लड्ने क्षमता:- बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।

३) अल्सरमा उपयोगी:- दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन । ४) महिनावरीमा हुने दु-खाईबाट छुटकारा:- बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।

५) कलेजको बि-षाक्त पदार्थ हटाउँछ:- दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ । ६) पाचन यन्त्र चुस्त राख्छ:- दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

७) हड्डी बलियो बनाउँछ:- बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०