लक्ष्मी बैंकको साधारणसभाबाट ८% बोनस शेयरको प्रस्ताव पारित, चुक्ता पुँजी साढे ११ अर्ब नाघ्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०६:३७

काठमाडौं। लक्ष्मी बैंकले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ।

बैंकको एक्काइसौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी रु ११ अर्ब ५५ करोड पुगेको बैंकले जनाएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत समेत गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको छ।

बैंकको वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको तथा आ.व. २०७७/७८ मा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१