माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०६:३१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज तथा राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।
नेकपा माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१