बागमती–३ नर्थ डिभिजनका क्लबद्वारा विपन्न विद्यार्थीलाई सामाग्री वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०७८, बिहीबार ०६:०५

काठमाडौं, पुस ७ । किवानिज इन्टरनेशनल नेपाल डिष्ट्रीक्ट अन्तरगतका बागमती–३ नर्थ डिभिजनका छ वटा क्लबले मेलुंग गाउँपालिका– ७, कातिके, ओखलढुंगा स्थित श्री जनकल्याण आधारभूत विद्यालयका बालकालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

किवानिज इन्टरनेशनल नेपाल डिष्ट्रिक अन्तर्गतका १० वटा डिभिजन मध्ये बागमती–३ नर्थ डिभिजन भित्र रहेका छ वटा क्लब किवानिज क्लब अफ काठमाडौँ महानगर नेपाल, किवानिज क्लब अफ काठमाडौँ सनसाइन, किवानिज क्लब अफ तारकेश्वर नेपाल, किवानीज क्लब अफ बागमती नेपाल, किवानिक क्लब अफ बुढानिलकण्ठ, किवानिज क्लब अफ हेरिटेज क्लबहरूको संयुक्त सहयोगमा सो शैक्षिक सामग्री एक कार्यक्रमकाबीच गत शनिबार हस्तान्तर भएको हो ।
किवानिज नेपालका निवर्तमान गभर्नर मोहन लम्सालले उक्त ठाउँसम्म पुग्नका लागि गाडीको ब्यवस्था गर्नु भएको थियो भने डिष्ट्रिक्ट गभर्नर एक राज पन्त, इलेक्ट गभर्नर लक्ष्मण लम्साल, भाइस गभर्नर तीर्थकुमार सिंह, किवानिज चिल्ड्रेन्स् फण्ड नेपालका निवर्तमान चियर बाबु कृष्ण कार्की, पूर्व डिष्ट्रीक्ट सेक्रेटरी राज कुमार लामा, बागमती–३ नर्थ डिभिजनका डिभिजन चियर गौतम नेपाल, पास्ट प्रेसिडेन्ट एशोसिएसनका एडीस्नल चियर श्याम कृष्ण फुयाँल, किवानिज क्लब अफ काठमाडौँ महानगरका अध्यक्ष तारानाथ सापकोटा, किवानिज क्लब अफ तारकेश्वरका अध्यक्ष दीपक पाठक, किवानिज क्लब अफ ह्यप्पी नेपालका अध्यक्ष प्रमिला लामिछाने, खेमराज भण्डारी लगायतका महानुभाबहरुले यस अभियान सफल बनाउन आर्थिक तथा अन्य आबश्यक सहयोग गर्नु भएको थियो ।

आङ्ग डेन्डी शेर्पाले संयोजन गर्नु भएको उक्त कार्यक्रम एडिसनल डिस्ट्रीक्ट ट्रेजरर शिबराम फुयाल, बागमती–३ नर्थ डिभिजनका डिभिजन चियर इलेक्ट नम्रता गुरुङ र तार्केश्वर क्लबका पूर्व अध्यक्ष तथा किवानिज नेपाल डिष्ट्रीक्टका सोसियल मिडया ब्रान्डिङ् चियर सुरेन्द्र भट्ट सहितको समूहले ब्यबस्थापन गर्नु भै कार्यक्रममा सहभागी समेत जनाउनु भएको थियो । नेपालको विकट मेलुंग गाउँपालिका – ७, कातिके, ओखलढुंगा स्थित श्री जनकल्याण आधारभूत विद्यालयमा स्थानीय निकायका अधिकारी वडा अध्यक्ष श्री हेम बहादुर सुनुवार, विद्यालय संस्थापक अध्यक्ष श्री नवाङ्ग छिरिङ्ग शेर्पा, प्रधानाध्यापक श्रीमती सुनिता माया तामाङ्ग, शिक्षिका श्रीमती रत्ना पहारी, शिक्षकहरू तथा स्थानीय जनताकाबीच विद्यार्थीहरूका लागि न्यानो कपडा, स्टेशनरी एबम् खेलकुदका सामानहरू, प्राथमिक स्वास्थ्य सामाग्री, फर्निचर, खाना तथा बन्दोबस्तीका सामानहरू एक कार्यक्रमका आयोजना गरी वितरण गरिएको थियो ।No description available.No description available.No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१