कांग्रेस सभापतिमा देउवा विजयी, डा.कोइराला पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७८, बुधबार ०६:१९

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत आज विहान सकिएको मतगणनाको परणाम अनुसार देउवा सभापति निर्वाचित भएका हुन ।

मंगलबार भएको मतदानमा चार हजार ६२३ मत खसेको थियो । जसमा शेरबहादुर देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् ।

२५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।

मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह पुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१